राजनीति
जनमोर्चा कर्णाली प्रदेश अध्यक्षसहितका नेता कार्यकर्ता एमाले प्रवेश, ओलीले गरे स्वागत
०

काठमाडौं,असोज ४-
राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा कार्यकर्ता आज नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराउनुभएको हो ।
प्रवेश गर्नेमा जनमोर्चाका दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही र सदस्य ओम रावललगायत हुनुहुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























