राजनीति
एमसीसी जसरी पनि पास गर्नुपर्छः कानुनमन्त्री
०

काठमाडौं,असोज १-
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् ।
उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसद्बाट पास गराउनुपर्ने बताए । एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उनको भनाइ छ । एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























