राजनीति

एमसिसीबारे धेरै बहस र विवाद गर्न आवश्यक छैन,खुरुखुरु पास गरे हुन्छः बाबुराम भट्टराई

Banner

सिन्धुली,भदौं २९-

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा.बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विदेशी अनुदान सहयोग संसदबाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभए पनि अनुदान ठूलो रकम भएकाले र नेपालकै तर्फबाट संसदबाट अनुमोदन गर्ने प्रस्ताव भएकाले संसदमा गएको उनले बताए। उनले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढंगले नेपालकै तर्फबाट माग गरेर संसदबाट अनुमोदनको बुँदा एमसिसी सम्झौतामा राखेको पाइएको बताए।

उनले एमसिसीबारे यति धेरै बहस र विवाद गर्न आवश्यक नरहेको पनि बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले मंगलबार (आज) सिन्धुलीमाढीमा आयोजित पार्टीको संगठन सुदृढीकरण तथा जागरण अभियानमा सहभागी हुन सिन्धुलीमाढी आएका उनले पत्रकारसँग एमसिसीबारे विवाद अनावश्यक बताएका हुन्।

उनले नेपालजस्तो भर्खर औद्योगिकीकरणतर्फ पाइला सार्दै गरेको मुलुकले केही चरणसम्म देशी विदेशी पुँजी परिचालन गरेरै देशको विकास गर्नुपर्ने भएकाले एमसिसी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले राष्ट्रिय सहमति कायम गरी एमसिसी अनुमोदन गर्दा नै देशको हित हुने पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>