राजनीति

प्राध्यापक हुँदै राजनीतिमा होमिएका वर्ताैलाले दिए कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी

Banner

चितवन, भदौ २६ –
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधिमा चितवनका शरदकुमार वर्ताैलाले पनि उम्मेद्वारी दिएका छन् ।

चितवन क्षेत्र नम्बर १ बाट बर्ताैलाले उम्मेद्वारी दिएका हुन् । शिक्षण पेशा हुँदै राजनीतिमा होमिएका वर्ताैला पूर्वि चितवनमा लोकप्रीय छन् ।

उनी भुवानी शंकर बहुमुखी कलेज, खैरहनी, चितवनका संस्थापक प्रमुख हुन् । यस्तै नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, चितवनको सभापति भएर वर्ताैलाले थुप्रै काम गरेका छन् ।

उनी नेपाली कांग्रेस चितवन कमिटीको पूर्व सदस्य समेत हुन् । नेपाल विद्यार्थी संघ, चितवन क्षेत्र नम्बर १ को सभापति भएर पनि उनले काम गरी सकेका छन् ।

वर्ताैला शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर, चितवनको पूर्व स्ववियु सह सचिव समेत हुन् । हाल उनी जिल्ला सहकारी संघको कोषाध्यक्ष र नेपाल रेडक्रस सोसाइटी, खैरहनी उपशाखाको सचिव रहेका छन् ।

शिक्षण पेशाबाट आएको व्यक्ति राजनीतिमा जान आवश्यक रहेको ठानी आफूले उम्मेद्वारी दिएको बर्ताैला बताउँछन् । ‘एउटा शिक्षक शिक्षण पेशा छाडिसकेपछि राजनीतिमा आउन चाहन्छ भने उसलाई सबैले समर्थन गर्नुपर्छ’, उनले भने, ‘मलाई पनि सबैले समर्थन गर्नेमा विश्वस्त छु ।’

हरेक क्षेत्रको सुधारका निम्ती देशको राजनीति र राजनीति गर्ने नेता सुध्रिन आवश्यक रहेकोले आफू राजनीतिमा होमिएर देशका लागि योगदान दिन चाहेको वर्ताैलाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>