Breaking News

कालिकामा कांग्रेसको १० वटा वडामा सर्वसम्मत समिति, वडा नं.४ मा कोमल श्रेष्ठ विजयी (नामसहित)

Banner

चितवन, भदौ २१–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) पूर्वी चितवनको कालिका नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ ।

कालिकामा रहेका १० वटा वडामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ भने एउटामा मतदान मार्फत नेतृत्व टुंगो लागेको निर्वाचन समितिले जनाएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि निकै समय लागेको थियो । वडा नं.३ मा राति ९ बजे मात्रै सर्वसम्मत नेतृत्व टुंगो लागेको मतदान अधिकृत ठाकुरप्रसाद लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस्तै वडा नं.४ मा मतदान मार्फत नेतृत्व चयन गरिएको छ । मतदान मार्फत वडा सभापतिमा कोमल श्रेष्ठ विजयी भएका छन् । उनले निकटम प्रतिद्धन्द्धी विवेक दाहाललाई हराउँदै सभापतिमा विजयी भएका हुन् । निर्वाचित श्रेष्ठले ४२ मत प्राप्त गरे भने दाहालले १८ मत मात्रै प्राप्त गरेको मतदान अधिकृत दिननाथ ढकालले नारायणी अनलाइनलाई जानकारी दिए ।

सर्वसम्मत गर्ने प्रयास विफल भएपछि मतदान मार्फत नेतृत्व चयन गरिएको हो । यस्तै अन्य सबै वडामा पनि निकै रस्साकस्सीकाबीच सर्वसम्मत नेतृत्व टुंगो लागेको हो ।

यी हुन् सर्वसम्मत निर्वाचित वडा सभापतिहरु:

कालिका नगरपालिकाः

वडा नं.१ः सभापतिः ओम शेर्पा (सर्वसम्मत)

वडा नं.२ः सभापतिः जयलाल कंडेल (सर्वसम्मत)

वडा नं.३ः सभापतिः अनन्तराम चौधरी (सर्वसम्मत)

वडा नं.४ः सभापतिः कोमल श्रेष्ठ (निर्वाचित), 

वडा नं.५ः सभापतिः नारायणबहादुर भट्टराई (सर्वसम्मत)

वडा नं.६ः सभापतिः टिका रेग्मी (सर्वसम्मत)

वडा नं.७ः सभापतिः रामचन्द्र घिमिरे (सर्वसम्मत)

वडा नं.८ः सभापतिः लेकबहादुर राना मगर (सर्वसम्मत)

वडा नं.९ः सभापतिः (औपचारिक घोषणा हुन बाँकी)

वडा नं.१०ः सभापतिः (औपचारिक घोषणा हुन बाँकी) 

वडा नं.११ः सभापतिः वकिल चेपाङ (सर्वसम्मत)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>