इच्छकामना

चितवनको इच्छाकामना गाँउपालिकामा एकीकृत समाजवादी शुन्य,सबै जनप्रतिनिधि एमालेमै रहने

Banner

चितवन,भदौं १७-

चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरु एमालेमै रहने भएका छन । उनिहरुले आज एक विज्ञप्ती जारी गर्दै आफुहरु सबै जनप्रतिनिधि एमालेमै रहेको र एमाले विभाजन भएर बनेको नवगठित नेकपा एकीकृत समाजवादीमा नजाने बताएका हुन ।

वडाध्यक्षहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर आफुहरुले नेकपा एमालेमै रहने जनाएका छन । स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा एमाले ३ वटा वडामा विजयी भएको थियो । जसमा वडा नं. १ को वडाध्यक्षमा नन्दलाल गिरी, वडा सदस्यहरुमा प्रेम बहादुर प्रजा, अन्जु चेपाङ र विकाश चेपाङ रहेका छन ।

यस्तै वडा नं. २ को वडाध्यक्षमा पंच बहादुर चेपाङ, वडासदस्यहरुमा माया गुरुङ, मैया विश्वकर्मा, बुद्धिमान गुरुङ र खिर बहादुर चेपाङ, वडा नं.६ को वडाध्यक्षमा भुपेन्द्र चेपाङ, वडासदस्यहरुमा पार्वती गुरुङ, परिमाया कामी, राम बहादुर घर्ती र कृष्ण बहादुर गुरुङ नेकपा एमालेबाट निर्वाचित भएका थिए। जसमध्ये वडा नं. २ को वडासदस्य खिर बहादुर चेपाङको भएको छ भने वडा नं.६ का वडासदस्य कृष्ण बहादुर गुरुङ जिल्ला समन्वय समिति चितवनको सदस्यमा निर्वाचित भएका छन ।

तस्विरः इच्छाकामना न्यूज

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>