गण्डकी

पोखरामा होटल संचालन गरी महिलालाई जवरजस्ती यौन शोषण गराउन खोज्ने पक्राउ

Banner

पोखरा,भदौं १६-

पोखरामा होटल संचालन गरी जबरजस्ती यौन कार्यमा संलग्न गराउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका ६ खहरेचोक र शान्तिनगरमा होटल तथा रेष्टुरेन्ट संचालन गरी महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर वाध्य पारी यौन शोषणमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला तारेकश्वर गाउँपालिका वडा नं ४ स्थायी घर भइ हाल पोखरा ६ खहरेचोक बस्दै आएका २७ वर्षीय ‘विशाल’ भनिने विष्णु श्रेष्ठ र इलाम जिल्ला माई नगरपालिका ८ चिसापानी स्थायी घर भइ शान्तिनगरमा रेष्टुरेन्ट संचालन गरी बस्ने २८ वर्षीया अस्मिता राई रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार श्रेष्ठले पोखरा ६ खहरे चोकस्थित होटल ‘लिटिल ह्यावेन’ संचालन गरी कुकको काममा लगाइदिने भन्दै महिलालाई जबर्जस्ती यौन शोषण गर्न वाध्य पारेको र राईले सोही वडाको शान्तिनगर स्थित ‘ए वान रेष्टुरेन्ट’ संचालन गरी वयटरको काममा लगाईदिने भन्दै महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको अभियोग छ।

उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थप अनुमति लिएर मानव वेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>