चितवन विशेष
चितवनको माडीमा धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाइते
०

चितवन,भदौं ८-
धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते हुनुभएको हो । आज दिउँसो धान गोड्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेकोे छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























