चितवन विशेष

साथीभाई मिलेर सुरु गरेको शुभ वेडिङ्, चितवनको फोटोग्राफीमा ब्राण्ड बन्दै

Banner

चितवन, भदौ ४ –

फोटो भन्ने बित्तिकै अधिकांश मानिस हुरुक्कै हुन्छन् । अहिलेको नयाँ पुस्ता फोटोग्राफीमा रुचि राख्छन् । सबैको हातमा मोबाइल हुन्छ । मोबाइलबाटै फोटो खिचेर आफ्नो फोटाग्राफी प्रतिको रुचि पूरा गर्नेहरु थुपै्र छन् । तर मोबाइलले मात्र फोटो र भिडियो प्रतिको सोख मेटाउन सक्दैन ।

विवाह, ब्रतबन्ध, जन्मदिनलगातका घरयासी कार्यक्रम होस् वा पार्टी, सेमिनारलगायतका कार्यक्रम सबैमा फोटोभिडियो खिच्ने चाहना हुन्छ । यस्तो बेला फोटोग्राफीलाई व्यावसाय बनाएर बसेका फोटोग्राफरहरुलाई बोलाइन्छ ।

चितवनमा पछिल्लो समय व्यावसायिक रुपमा फोटोग्राफी गर्नेहरु थुप्रै छन् । त्यही मध्ये एक हो नारायणगढको हङ्कङ् बजारमा रहेको शुभ वेडिङ् । चितवनमा पछिल्लो समय शुभ वेडिङ्ले फोटो भिडियोको क्षेत्रमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल भएको छ ।

६ जना युवा मिलेर वि.सं. २०७२ सालबाट सञ्चालनमा ल्याएका थिए शुभ वेडिङ् । १५ लाखको लगानीमा सुरु गरिएको शुभ वेडिङ्मा अहिले ७० लाखभन्दा माथिको पुँजी रहेको वेडिङ्का सञ्चालक मध्येका एक सरोज आचार्यले जनाए ।

शुभ वेडिङ् चितवनमा त्यति बेला खोलिएको थियो जतिबेला चितवनमा फोटाग्राफीबारे बल्ल मानिसहरुले रुचि राख्न थालेका थिए । फोटाग्राफीको व्यावसाय सफल होला वा नहोला कुनै आंकलन गर्न नसकिने अवस्थामा चितवनमा शुभ वेडिङ् खोलिएको थियो ।

सरोजका अनुसार सँगै पढेकाहरु पढाइसकेपछि कोही काठमाडौं, कोही भारत त कोही चितवनमै रहे । भारत पुगेका साथीहरुले त्यहाँ फोटाग्राफी सिके । फोटो ग्राफी सिकेपछि उनीहरु काठमाडौमा आएर फोटाग्राफीकै जागिर गर्न सुरु गरे । काठमाडौंमा अरुकोमा केही समय काम गरेपछि उनीहरु आफ्नै जिल्लामा गएर फोटाग्राफीको व्यावसाय सञ्चालन गर्ने निधो गरे ।

त्यसपछि उनीहरुसँगै मिलेर लगानी गरेर शुभ वेडिङ् खोलेको सरोज बताउँछन् । सुरुवाती दिनमा ६ जनाले नै काम गरे । पछि दुई जना साथीहरु पुनः सहकार्य गर्न जोडिए । त्यसपछि ८ जना मिलेर फोटो ग्राफीको व्यावसाय सञ्चालन गरेको सरोज बताउँछन् । फेरि पछि दुई जना साथीहरु घरयासी कारणले गर्दा छुट्टिए । पुनः ६ जना मिलेर शुभ वेडिङ् चलाइरहे । उनीहरु आफैले सबै काम गर्छन् ।

बिस्तारै चितवनमा फोटोग्राफीप्रति मानिसहरुको रुचि बढ्दै गयो । शुभ वेडिङ्मा कामका चाँप पनि बढ्दै गएपछि बिस्तारै जनशक्ति थपिँदै गए । अहिले शुभ वेडिङ्मा सञ्चालक ६ जनासहित १६ जनाले काम गरिरहेका छन् । १० जनाले शुभ वेडिङ्मा रोजगारी पाएका छन् । विवाहको सिजनको बेला १६ जनाले नपुगेर बाहिरबाट पनि जनशक्ति ल्याउनुपर्ने अवस्था आउने गरेको सरोज बताउँछन् ।

ग्राहकको माग जे छ त्यहीअनुसार गरेर काम गर्दै गएको र ग्राहकहरुलई सन्तुष्ट बनाउँदै गएका कारण आफूहरुले फोटोग्राफीको क्षेत्रमा सफलता हाँसिल गर्न सकेको सरोज बताउँछन् । ‘नयाँ प्रविधि आउने बित्तिकै उक्त प्रविधि भित्र्याउँछौ । ग्राहकलाई गुणस्तरीय सेवा दिन पछि पर्दैनौ’ उनी भन्छन् ।

‘०७२ सालतिर चितवनमा डिएसएलआरबाट विवाह खिच्ने चलन खासै थिएन । काठमाडौंमा कतैकतै थियो’ सरोज भन्छन्, ‘चितवनमा व्यावसाय चल्नेनचल्ने केही थाहा नभएको अवस्थामा पनि हामीले लगानी ग¥यौं ।’ त्यतिबेला स्रोत साधनमा नेपालमा नपाइने हुँदा विदेशबाट ल्याएर व्यवसाय सुरु गरेको सरोज बताउँछन् ।
‘त्यतिबेला फोटो खिच्ने ट्रेण्ड खासै थिएन । चितवनमा दुई तीन वर्ष भयो फोटोग्राफीमा मानिसहरुले रुचि राख्न थालेका’ सरोज भन्छन्, ‘अहिले जन्मदिनमा पनि बोलाउँछ । अहिले त हरेक कार्यक्रममा फोटाग्राफी अनिवार्य भइसेको छ ।’

सुरुमा विवाह मात्रै खिच्ने गरेको शुभ वेडिङ्ले अहिले फोटोग्राफीका सबै काम गर्ने गरेको छ । विवाह सिजनेबल भएका कारणले पछि फोटोग्राफीका सबै काम गर्न थालेको सरोज बताउँछन् । उनले चितवनमा मात्र नभइ यदि काम आएमा नेपालको जुनसुकै जिल्लामा गएर पनि सेवा दिने गरेको बताए ।

‘फङ्सन अनुसारको मूल्य हुन्छ । ५० हजारदेखि ६ लाखसम्म लिन्छौं’ सरोज भन्छन्, ‘स्टाण्र्डड प्याकेज, प्रिमियम प्याकेज र कस्टम प्याकेज भन्ने हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>