प्रदेश १

नगरपालिकाको ६० लाख खर्चेर बनाइयो सुंगुरको मूर्ति

Banner

उदयपुर,साउन २२-

उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ।

नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ। ‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो। दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले भने,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं। ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>