प्रदेश १

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा एकदिन सरकारी बिदा

Banner

तेह्रथुम,साउन २२-

तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।

पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ः ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबारका दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>