चितवन विशेष

‘ख्यास्स पुतली’ले सामाजिक चेतनाको मात्र नभैई कलाकै धज्जी उडाउँछ: सरिता तिवारी

Banner

काठमाडौं, साउन १५ –

गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ । गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको भन्दै विभिन्न व्यक्तिहरुबाट टीका टिप्पणी गरिएको छ । गीत सार्वजनिक भएपछि उनलाई विभिन्न अधिकारकर्मी, लेखक, महिला, सामाजिक अगुवा लगायतले सामाजिक संजालमा आपत्ति जनाएका छन् ।

चितवनकी अधिवक्ता साथै लेखक सरिता तिवारीले थापाको गीतमा आपत्ति जनाएकी छिन् । ‘दुर्गेश थापाको नयाँ तीज गीतले कलाको माध्यमबाट स्त्रीद्वेषको विषाक्त हावा फैलाउन नै मद्दत गर्ने हो । यस्ता गीतका शब्द लेख्ने कस्तो चेत,कस्तो विवेक होला ? अरे, क्रान्तिकारी-परिवर्तनकारी गीत गाउन नसके पनि स्वस्थ र कानलाई सह्य हुने गीत त गाइदेऊ ! उनको गायन करिअरसँग हाम्रो कुनै वैर छैन तर ‘ख्यास्स पुतली’ खाले गीतले सामाजिक चेतनाको मात्र नभै कलाकै धज्जी उडाउँछन् । यति ख्याल त गर्नुपर्छ । मनोरन्जनका नाममा यस्ता गीतलाई स्वागत र स्वीकार गर्न सकिँदैन । उनले लेखेकी छिन् ।

विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो । ‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ ।

केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो । दुर्गेशले गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्रसमेत काटेको थियो । पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने प्रतिष्ठानले दुर्गेशलाई भनेको थियो । तर, दुर्गेशले उक्त शब्द नहटाइ गीत बाहिर ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>