खैरहनी

खैरहनीमा नेपाल बसोवास बस्ती संरक्षण समाज गठन

Banner

चितवन, साउन ९
चितवनको खैरहनीमा नेपाल बसोवास बस्ती संरक्षण समाज गठन गरिएको छ । नेपाल बसोवास बस्ती संरक्षण समाज जिल्ला समिति चितवन र नेपाल बसोवास बस्ती संरक्षण समाज रत्ननगर नगर समितिको आयोजनामा शनिबार भएको भेलाले खैरहनीमा नगरस्तरीय समिति गठन गरेको हो ।

नगरभित्र रहेका गरिब, विपन्न, सुकुम्वासी समुदायबाट प्रतिनिधित्व हुने गरी गठित समितिको अध्यक्षमा उर्मिला विक चयन भएकी छिन् । विकको अध्यक्षतामा ४ सदस्य पछि मनोनित गर्ने गरी हाललाई ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुदिपकुमार बरुवाल, सचिवमा बिमला परियार र कोषाध्यक्षमा सलिना सुनार चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा इन्द्रमाया गुरुङ, फुलकुमारी माझी, विष्णुमाया तामाङ, पम्फा मगराती र लिना दराई चयन भएकी हुन् । ४ जना सदस्य पछि चयन गर्ने नवनिर्वाचित अध्यक्ष उर्मिला विकले बताइन् । उनका अनुसार अन्य समुदायलाई समेटर समितिलाई पूर्णता दिईनेछ ।

नवनिर्वाचित अध्यक्ष विकले सुकुम्वासी समुदायलाई लालपूर्जा प्राप्तीका लागि समितिले भूमिका खेल्ने बताइन् । नेपाल बसोवास बस्ती संरक्षण समाज केन्द्रीय सदस्य होमनाथ अधिकारी, जिल्ला अध्यक्ष छविलाल देवकोटा, जिल्ला सचिव मणि लामा, जिल्ला सदस्य शेरबहादुर तामाङ, रत्ननगर नगर समिति अध्यक्ष दिलबहादुर तामाङ लगायतको उपस्थितीमा समिति गठन गरिएको थियो ।

नवनिर्वाचित समितिलाई धन्यवाद दिँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका समाजका केन्द्रीय सदस्य अधिकारीले सुकुम्बासी, गरिब, विपन्न समुदायको उत्थानमा लाग्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>