Breaking News

पुरस्कृत भएपछि चितवनका किसानले भनेः कृषि पेसामा लाग्न हौंसला मिल्यो

Banner

चितवन, असार २४

चितवनको कालिका नगरपालिकाले ४९ जना कृषकलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले आज १० जना उत्कृष्ट कृषक र दश हजार बढी दूध उत्पादन गरी बिक्री गर्ने ३९ जनासहित ४९ जना कृषकलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने उत्कृष्ट १० कृषकमा च्याउ खेतीतर्फ फूलमाया वाइवा, प्रकाश पौडेल, ईन्द्रबहादुर राई र यादवप्रसाद चौधरी, मौरी पालनतर्फ कृष्णप्रसाद देवकोटा र शिवप्रसाद शर्मा, तरकारी खेतीतर्फ महेन्द्रप्रसाद पौडेल, चन्द्रध्वज तामाङ र केरा खेतीतर्फ नारायणप्रसाद पुडासैनी र नेत्रप्रसाद जैसी रहेका छन् । उत्कृष्ट हुने १० जना कृषकलाई दोसल्सा, प्रमाणपत्र र १६ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए ।

त्यस्तैगरी नगरपालिकाले वार्षिक १० हजार बढी दूध उत्पादन गरि बिक्री गर्ने कृषकलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । पुरस्कृत हुनेमा वार्षिक सबैभन्दा धेरै ६८ हजार ४०० लिटर दूध उत्पादन गरी बिक्री गर्ने कृषक नारायण गिरीसहित ३९ जना कृषक रहेको कृषि शाखा प्रमुख पौडेलले बताए । पुरस्कृत हुने कृषकलाई प्रमाणपत्र र ३३ हजार ३३३ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले कृषकलाई हौसला प्रदान होस् भन्ने हेतुले पुरस्कृत गरिएको बताउँदै धेरै भन्दा धेरै कृषकलाई ब्यवसायिक बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिए । श्रेष्ठले कृषकलाई आवश्यक परेको सहयोग गर्न नगरपालिका सधै तयार रहेको भन्दै कृषकलाई उत्पादन वृद्धिमा लाग्न आग्रह गरे । कार्यक्रममा सम्मानित हुने कृषकका तर्फबाट शिवप्रसाद शर्मा पौडेल र कोपिला दाहालले कृषकलाई प्रोत्साहन गर्दै सम्मान गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै सम्मानले कृषि पेसामा लाग्न हौसला मिलेको बताए ।

सम्मान कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख कमला भट्टराई, प्रमुख प्रशाशकिय अधिकृत अच्युतराज रेग्मी, आर्थिक विकास समितिका संयोजक डिल्लीराम दुवाडी, वडा नम्वर १ का अध्यक्ष लिलाबहादुर गुरुङ, वडा नम्वर ३ का अध्यक्ष टिकाराज रिजाल, वडा नम्वर ४ का अध्यक्ष कृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>