Breaking News

नेपालमा थप २४ घण्टामा १८७५ संक्रमित थपिए, २९ जनाको मृत्यु

Banner

काठमाडौँ,असार २४ –

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २८६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाटमुक्त हुनेको दर ९४.५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ३२० जनाको मृत्यु भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>