देश/प्रदेश

नेपालकी देवयानी राणा बनिन् कोकाकोलाको दक्षिण–पश्चिम एसियाको उपाध्यक्ष

Banner

काठमाडौं, असार २१-

कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ ।

कोकाकोलाले राणालाई भारत र दक्षिण–पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । कोकाकोलाको भारत र दक्षिण–पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए ।

विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा पनि काम गरिसकेकी छिन् ।

राणाले यो अवधिमा यो क्षेत्रमा पूर्वाधार, वातावरण, सामाजिक र सुशासन र व्यापारमा प्रभावकारी रणानीतिको विकास गर्न सफल भएकी छिन् । साथै उनले कम्पनीको नाफा बढाउँदै व्यापार विस्तार पनि गराउन सफल भएकी छिन् ।

राणाले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) अध्ययन गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् । राणा राप्रपाका नेता पुशपति शमसेर राणाको छोरी हुन् । यसअघि दरबाट हत्याकाण्डपछि दिपेन्द्रको प्रेमिकाको रुपमा उनको नाम चर्चामा आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>