Breaking News
चितवनमा कोरोनाबाट आज तीन जनाको मृत्यु, अस्पतालमा १९३ संक्रमितको उपचार हुँदै
०

चितवन, असार २०-
चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार मृतक मध्ये दुई जना चितवनका र एक जना अन्य जिल्लाका रहेका छन् । चितवनको भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा उपचारका लागि १९३ जना बिरामी भर्ना भएर कोरोना निको हुने आशमा उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६४ जना, भेन्टिलेटरमा १९ जना, एचडीयूमा ४३ जना, जेनरल बेडमा ८६ जना रहेका छन् । त्यस्तै स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा २८ जना संक्रमित डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























