अन्तर्राष्ट्रिय

युरोप जान लागेको डुंगा भूमध्यसागरमा डुब्यो, ४३ जनाको मृत्यु

Banner

एजेन्सी, असार २०–

विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ ।

लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो। इन्जिन बिग्रिएर डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको छ भने ८४ जनालाई ट्युनिसियाको नौसेनाले उद्धार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ। पछिल्लो समयमा इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>