Breaking News

नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अबरुद्ध

Banner

चितवन, असार २०–

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । शनिबार अपरान्हदेखी दुईतर्फी खुलेको सडक गयराति ९ बजेदेखि फेरि अवरुद्ध बनेको हो ।

सेतीदोभानमा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । अहिले पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए । अहिले वर्षा भइरहेकाले थप जोखिम कायमै रहेको छ ।

बिहीबारदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड शनिबार दिउँसोबाट एकतर्फी खुलाएर सवारी साधनलाई गन्तव्यमा पठाईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>