Breaking News
पूर्वी चितवनको बाढीप्रभावित क्षेत्रमा मन्त्री लामाको निरीक्षण, उद्धारमा खटिन निर्देशन

चितवन, असार १७-
वाग्मती प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज पूर्वीचितवनको विभिन्न डुबानग्रस्त र बाढीप्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
मन्त्री लामाले राप्ती नगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न क्षेत्रको निरीक्षण गरेका हुन् ।
राप्ती नगरपालिकाको लोथर, सिमलटाँडी, खैरहनी नगरपालिकाको खुरखुरे क्षेत्र, राप्तीको वडा नम्बर ७ को विभिन्न क्षेत्रका बाढी र डुबानग्रस्त क्षेत्रमा पुगेर स्थानीय पीडितहरुसँग कुराकानी गरेका छन् । मन्त्री लामासँगै राप्तीका उपमेयर इमानसिंह लामा, सामाजिक व्यक्तित्वहरु गोविन्द कँडेल, राजकुमार कँडेल र पूर्ण थापालगायतलगायत जनप्रतिनिधि र सरकारी निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणमा मन्त्री लामाले स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्तालाई उद्धार र सहयोगमा खट्न निर्देशन दिए । उनले भने, ‘ बाढी र डुबान पीडितलाई प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ । निरन्तर बर्षा भइरहेकोले बाढी र डुबानको समस्या अझ बढ्न सक्छ । स्थानीय निकायका जनप्रतिनिधिले मलाई रिपोर्टिङ गर्नुहोस् ।’
























