नवलपुर

नवलपुरको विनयी त्रिवेणीमा बाँधमा डुबेर एकको मृत्यु

Banner

नवलपुर,असार ८-

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका बाँधमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसूदन सिंहले डुमे्रखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोजतलासका क्रममा आज शव भेटिएको जानकारी दिनुभयो । मृतक ट्रकका सहचालक रहेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>