Breaking News
नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण, ४१ संक्रमितको मृत्यु
०

काठमाडौँ,असार ८-
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ६४ हजार ८८२ जना रहेको छ । यो सगैँ कोरोन संक्रमणबाट मुक्त हुनेको दर ९०.२ प्रतिशत रहेको छ ।
आज कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ८१३ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























