नवलपुर

नवलपुरमा एक सय ५० बिघामा लगाएको चैतेधान बाढीले नष्ट

Banner

नवलपुर,असार २-

नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ बगुवनमा बाढीका कारण तयारी अवस्थामा रहेको एक सय पचास बिघाको धान नष्ट भएको छ । ​बगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मी आधारभूत विद्यालय बगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो । धेरैजसोले चैतेधान काटेर राखेका थिए । काटेर खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगायो, शिक्षक विकले बताउनुभयो ।

यस्तै बाढीले बगुवनमा रहेका लक्ष्मी आधाभूत विद्यालयसहित बाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् । बाढीले घर डुबानमा परेपछि घरका मानिस, खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो । तीन तिरबाट विनयी र नारायणी नदीले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । दयाराम आचार्यबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>