Breaking News
नेपालमा थप २,७४५ जनामा कोरोना संक्रमण, ४१ संक्रमितको मृत्यु
०

काठमाडौं, असार १ –
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ४० हजार ४३९ जना रहेको छ । याेसंगै कोरोन संक्रमणबाटमुक्त हुनेकाे कुल दर ८८.३ प्रतिशत रहेकाे छ ।
आज कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ५०६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























