चितवन विशेष
चितवनका दुई स्थानमा चार्जिङ स्टेशनसहितको अत्याधुनिक रिफ्रेश सेन्टर निर्माण गरिने
०

चितवन, असार १–
बागमती प्रदेश सरकारले चितवनको दुई स्थानमा चार्जिङ स्टेशनसहितको अत्याधुनिक रिफ्रेश सेन्टर निर्माण गर्ने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा र भरतपुर क्षेत्रमा गरी दुई वटा चार्जिङ स्टेशनसहितको अत्याधुनिक रिफ्रेश सेन्टर निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।
बागमती प्रदेश अन्तरगत काठमाडौँ उपत्यका बाहेक सबैभन्दा बढी सवारीको चाप हुने सडकमा चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड पर्छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि चार्जिङ स्टेशनसहितको अत्याधुनिक रिफ्रेश सेन्टर निर्माण गर्न लागिएको मन्त्री ढुंगेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























