खैरहनी

टिम चैनपुरद्वारा पूर्वी चितवनको विभिन्न ठाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग

Banner

चितवन, असार १-

कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा लागू भएपछि बिहान बेलुका छाक टार्न सास्ती खेप्दै आएका पूर्वी चितवनका विपन्न परिवारलाई टिम चैनपुरका युवाले खाद्यान्न सहयोग गरेका छन् ।

खैरेनी नगरपालिका वडा नं २, ४ र १०, राप्ती नगरपालिका वडा नं ९, रत्ननगर नगरपालिका वडा नं १४ का १० बढी अती बिपन्न परिवारले सेवा लिएको टिम चैनपुरका अध्यक्ष विज्ञान न्यौपानेले बताए ।

जेठ १८ गते देखि सुरु भएको अभियानमा उनीहरुले दाल, चामल, तेल, नुन, सोयाबिन आलु, साबुन र माक्स वितरण गरेका छन् । त्यस्तै जनताको सेवामा घाम पानी नभनी खटिएका ट्राफिक प्रहरीलाई समेत खाजाको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष न्यौपाने बताए ।

अभियानमा विभिन्न सहयोगी हातहरुले सहयोग गरेको टिमका अध्यक्ष न्यौपानेले बताए । त्यस्तै विज्ञान न्यौपाने, पारस भुर्तेल, बिनोद पाण्डे र प्रज्वल रिजालको व्यक्तिगत प्रयासमा सुरु भएको सो अभियान निषेधाज्ञामा मात्र नभई आगामी दिनमा पनि निरन्तरता दिदै समाजमा परिवर्तन ल्याउने योजना रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>