Breaking News
चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ८ जनाको मृत्यु, २७६ संक्रमितको अस्पतालमा उपचार हुँदै
०

चितवन, असार १-
चितवनका विभिन्न अस्पतालमा विगत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवन जिल्लाका ५ जना र बाहिरका ३ गरी आठ जनाको कोरोना संक्रमणको कारणले निधन भएको हो । जसमा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ३ जना र अन्य अस्पतालमा १ जनाको निधन भएको छ ।
त्यस्तै चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २६ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । अहिले चितवनका विभिन्न अस्पतालमा २७६ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा १११ जना, भेन्टिलेटरमा ३९ जना, एचडीयूमा ४३ जना र सामान्य बेडमा १२५ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























