Breaking News

चितवनमा घरमा आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १३७२ पुग्यो, ८० संक्रमित थपिए

Banner

चितवन, असार १-

चितवनमा घरमा आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या एक हजार ३७२ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयले आज प्रेषित गरेको तथ्यांक अनुसार चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ५४८ रहेको छ जसमध्ये घरमा आइसोलेसनमा बसेका सबैभन्दा धेरै एक हजार ३७२ जना रहेका छन् । त्यस्तै अस्पतालको आइसोलेसनमा १४२ जना र सार्वजनिक आइसोलेसन केन्द्रहरुमा ३४ जना रहेका छन् ।

विगत २४ घण्टामा चितवनका पाँच जनाको मृत्यु भएको छ । त्यस्तै विगत २४ घण्टामा ८० जना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ५३ जना, खैरहनीमा ४ जना, माडीमा ३ जना, रत्ननगरमा ८ जना, कालिकामा १० जना र इच्छाकामनामा २ जना रहेका छन् । आजसम्म चितवनमा २४९ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>