Breaking News

नेपालमा थप २,९१८ जनामा कोरोना संक्रमण, ५३ संक्रमितको मृत्यु

Banner

काठमाडौं, जेठ ३१-

पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ६९ जना गरि जम्मा २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । देशमा कोरोन संक्रमणबाट मुक्त हुने दर ८७.८४ प्रतिशत रहेको छ । भने सक्रिय संक्रमितको दर १०.८६ रहेको छ ।

आज कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>