नवलपुर

गैडाकोटबाट १० जना जुवाडे पक्राउ

Banner

गैडाकोट,जेठ ३१-

नवलपुर गैडाकोटको दुई स्थानबाट गैडाकोट प्रहरीले तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजार घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र गैडाकोट १३ कै धनबहादुर सापकोटाको होटलबाट ३९ हजार ८ सय ७५ रुपैयाँ नेपाली नोट र ५ सय रुपैयाँ भारु नगदसहित ६ बुक तास सहित ३ जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पक्राउ पर्नेमा गैडाकोट १३ का ४५ बर्षीय धनबहादुर सापकोटा, ४३ बर्षीय होमनाथ सापकोटा र ५३ बर्षीय विष्णु गौतम रहेका छन् ।
त्यसैगरी अर्को स्थानबाट पक्राउ पर्नेमा गैडाकोट १ निवासी ४६ बर्षीय प्रेमबहादुर भण्डारी, ५२ बर्षीय ज्ञानेन्द्र हमाल, ४२ बर्षीय खगबहादुर राना, ५१ बर्षीय यदुप्रसाद सापकोटा, ३३ बर्षीय लोकबहादुर महतो, ३५ बर्षीय भुपाल राना र गोरखा घर भई हाल गैडाकोट १३ निवासी ४५ बर्षीय राजनकुमार योगी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>