कालिका

चेपाङ बस्तीमा चितवन राउण्ड टेबलको सहयोग

Banner

चितवन, जेठ २९–

चेपाङ गाँउमा खाद्यान्न अभाव भएपछि नारायणगढस्थित युवा ब्यवसायीको संस्था चितवन राउण्ड टेबलले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले प्रभावित चेपाङ बस्तीमा शुक्रबार ‘चितवन राउण्ड टेबल ’ले राहत वितरण गरेको हो ।

मजदुरी गर्न नपाएपछि घरमा खाद्यान्न अभाव झेलेका परिवारलाई राहत प्रदान गरिएको हो । कालिका नगरपालिकाको वडा नम्बर–१० स्थित बन्दीपुरे टोल , जिङ्लाउका ३५ घरधुरीका चेपाङ परिवारलाई सहयो्ग गरिएको हो । युवा ब्यवसायी गाँउमै पुगेर सहयोग हस्तान्तरण गरे । हरेक परिवारलार्इ एक बोरा चामल सहित खाद्य सामग्री सहयोग गरिएको हो । राउण्ड टेबलका अध्यक्ष सुशान्त चाछनले विपतको बेला गरिबीको रेखामुनि रहेका नागरिकको सहयोग गरेको बताए ।

निषेधाज्ञाले ज्याला मजदुरी गर्न नपाएपछि चेपाङ परिवारहरु आर्थिक अभावमा अन्न किन्न नसक्ने अवस्थामा छन् । चेपाङ अभियन्ता केपीकिरण शर्माले चेपाङ बस्तिमा अनिकाल सुरु भएको बताए । युवाहरुको सहयोगले भोकमरीको घाउमा मलम लगाएको बताए । उनका अनुसार आर्थिक अभावले चेपाङहरुले खाद्यान्न किनेर खान नसक्ने अवस्थामा रहको शर्माले बताए ।

राउण्ड टेबलका परियोजना संयोजक रेस्सल श्रेष्ठले सामाजिक कामका लागी विभिन्न कार्यक्रम गरेको बताउदै कोरोनाको कहरमा परेको बस्तीलाई यसपटक लक्षित गरेको बताए । राउण्ड टेबलका उपाध्यक्ष राहुल अग्रवाल, कोषाध्यक्ष केविन अग्रवाल, सदस्यहरु सन्तोस भट्टराई, सुलभ ढकाल, प्रतिक अग्रवाल, सरोज पौडेल, रोहन भण्डारी राहत वितरणका लागि पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>