Breaking News

बागमती प्रदेशका काँग्रेस सांसदद्धारा प्रधानमन्त्री ओलीलाई धम्की

Banner

हेटौडा,जेठ २८-

नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की दिएका छन्। आजको प्रदेशसभा बैठकमा उनले भने, “प्रधानमन्त्री ओली आफ्नो सत्ता बचाउन लिप्त देखिन्छन्। उनी आफ्नो सत्ता बचाउन जुन कुरामा पनि सम्झौता गरिरहेका छन्। हामीले ओलीको हातमा यसरी देश छोड्ने हो भने देशै खाइदिन्छन्। त्यसैले यो देश बचाउन नाथुराराम गोड्से आवश्यक पर्यो, यदि कोही बन्दैनन् भने मै बन्दिन्छु।” गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।

यति भनेपछि उनले विषय अन्तै मोडेका थिए। प्रधानमन्त्रीप्रति लक्षित वैद्यको टिप्पणी अशोभनीय र अमर्यादित भए पनि प्रदेशसभा बैठकमा कसैबाट नियमापत्ती भने भएन। उनले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि होइन भनेर प्रश्नसमेत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>