देश/प्रदेश

पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

Banner

काठमाडौँ, जेठ २८-

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताउनुभयो ।

पशुपन्छीबाट मानिसमा सर्ने १० रोग  निम्न छन् ।

 

१. इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा)

२. जनल इन्फ्लुएन्जा

३. रेबिज,

४. कोरोना भाइरस,

५. लेप्टोस्पाइरोसिस,

६. बु्रसेलोसिस,

७. सालमोनेलोसिस,

८. लेस्मिनियासिस,

९. जुनोटिक क्षयरोग,

१०.सिस्टिमर्कोसिस/हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस

रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>