देश/प्रदेश
गायक दीप श्रेष्ठ कोरोनामुक्त, स्वास्थ्यकर्मीले गीत गाउँदै गरे बिदाइ
काठमाडौं, जेठ २८ –
वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त अस्पतालबाट घर फर्किएका छन् । कोरोना पुष्टि भएको केही दिनमा शरीरमा अक्सिजनको लेभर कम भएर धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका गायक श्रेष्ठ १६ दिनपछि घर फर्किएका हुन् ।
गायक प्रमोद खरेलले दीप श्रेष्ठलाई बिदाइ गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । उनी डिस्चार्ज हुँदा अस्पतालका स्वास्थ्यकर्मीहरू भावुक बनेका थिए । उनको बिदाइमा अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरूले गीतसमेत गाएको भिडियोमा देखाइएको थियो । उनीहरूले श्रेष्ठकै प्रसिद्ध गीत बितेका कुराले केही चोट लाग्दा गाउँदा दीप भावुक हुँदै बाहिरिएका थिए । अस्पतालले उनको सम्मानमा खादा र फूलको बुके प्रदान गरेको थियो ।
आदरणीय दिप श्रेष्ठ दाइ Hospital बाट डिस्चार्ज हुनु भएको छ ।
Hams Hospital मा डाक्टर नर्स तथा स्वास्थ्य कर्मी ले गर्नु भएको नेपाली संगीतको एक स्तम्भ आदरणीय दाइ को यो बिदाइ हेर्दा उत्तिकै भावुक भइन्छ ।
धन्यवाद सम्पूर्ण मा
Welcome back home dai 🙏 pic.twitter.com/tAUZT2RIu6— Pramod Kharel (@kharel777) June 10, 2021