Breaking News
नेपालमा थप ३,७४९ जनामा कोरोना संक्रमण, ५,२९३ जना संक्रमणमुक्त, ५९ जनाको मृत्यु
०

काठमाडौं, जेठ २७ –
पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल परीक्षण १५ हजार २३८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ९ हजार ९०१ जनामा परीक्षण गर्दा २ हजार ८७४ र एन्टिजेन विधिबाट ५ हजार ३३७ जना परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अजा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।
आज कोरोना संक्रमणबाट ५ हजार २९३ जनामा संक्रमणमुक्त भएको छ । हालसम्म ५ लाख १५ हजार ५९१ जनामा कोरोना संक्रमणमुक्त भएको छ ।
आज कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























