चितवन विशेष
चितवनमा मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक पक्राउ
०

चितवन, जेठ २७-
चितवनमा मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने एक चालक पक्राउ परेका छन् ।
प्रहरीले बुधबार साँझ भरतपुरको जुगेडीबाट एम्बुलेन्स चालकलाई पक्राउ गरेको हो ।
प्रहरी चौंकी जुगेडीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका–१० बस्ने वर्ष २४ को विकास मजाकोटीलाई पक्राउ परेको जनाएको छ । नमुना सामुदायिक विकास समिति लमजुङको ग २ च २००२ नम्बर एम्बुलेन्समा बिरामी लिएर जाँदै गरेको अवस्थामा मजाकोटीले मादक पदार्थ सेवन गरेको पाइएकोले एम्बुलेन्ससहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























