खैरहनी

खैरहनी नगरपालिकामा समयमै काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

Banner

चितवन, जेठ २६-

चालु आर्थिक वर्षमा विनियोजित ठूला योजनाका काम समयमै सक्न खैरहनी नगरपालिकाले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

यो वर्ष योजना कार्यान्वयनमा रहेका कालोपत्रे र पिचको काम तोकिएको समय भित्रै सक्न नगरपालिकाका मेयर लालमणि चौधरीले निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

योजनाको जिम्मा पाएका निर्माण व्यवसायीलाई बुधबार आफ्नै कार्यकक्षमा बोलाएर मेयर चौधरीले आगामी असार २५ गते भित्र सम्पन्न गर्ने गरी योजनाको कामलाई तीव्र पार्न निर्देशन दिएका हुन् । संघ ,प्रदेश र स्थानीय तहले विनियोजन गरेका योजनाहरु( कालोपत्रे र पुल ) काम गर्न तोकिएकै समयमा गर्न उनले भनेका हुन् । संघ र प्रदेशको योजनालाई प्राथमिकता दिएर काम गर्नुस् मेयर चौधरीले भने, ‘बजेट फ्रिज हुने वातावरण नदोहोरियोस् । असार मसान्त भित्र निर्माण सम्पन्न हुन नसके प्रदेश र संघको बजेट फ्रिज हुन्छ । संघ र प्रदेशका पिचका योजनाहरु एक करोड सम्मका छन् ।’ तर निर्माण व्यवसायीबाट तीव्र रुपमा काम हुन नसकेपछि मेयर चौधरीले समयमै काम सक्नु पर्ने बताएका हुन् । समयमै काम नसक्दा गत वर्ष संघीय योजनाहरुमा नगरले दुई करोड रुपैयाँ खर्च गर्नु परेको नगरपालिकाले जनाएको छ ।

सो अवसरमा मेयर चौधरीले आम जनताको विश्वास जित्न टिकाउ हुने गरी काम गर्न पनि आग्रह गरे । योजनाको जिम्मा पाएका तपाइँहरु (निर्माण व्यवसायी ) यही नगर भित्रकै हुनुहुन्छ मेयर चौधरीले भने, ‘तपाइँहरुलाई अवसर पनि हो, प्रभावकारी काम गर्नुस् ।’ सो क्रममा निर्माण व्यवसायीले कोरोना संक्रमणका कारण कामदारको अभाव, निर्माण सामग्रीको अभाव रहेको गुनासो गरे । सो अवसरमा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत केशव हुमागांई, योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठ र स्थानीय निर्माण व्यवसायीहरु सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>