गण्डकी

देवघाटमा ढुङगा, गिट्टी र बालुवा उत्खनन्मा टेण्डर नै परेन

Banner

देवघाट, जेठ २१–

देवघाट गाउँपालिकामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन्मा टेण्डर लाग्न सकेको छैन । यसबाट गाउँपालिकाले राजश्व गुमाउने भएको छ । गाउँपालिकाले नदिजन्य पदार्थ उत्खनन्को लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत कसैको टेण्डर नपरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले विज्ञप्ती जारी गर्दै गत २०७७ माघ १४ गते, फागुन १३ गते र २०७८ बैशाख ६ गते ३ पटकसम्म सूचना प्रकाशित गर्दा समेत टेण्डर नलागेको जानकारी दिएका छन् । विज्ञप्तीमा गत आर्थिक वर्षमा सन्ध्या सन्देश निर्माण सेवाले समय हुँदाहुँदै पनि लकडाउनका कारण ढुङगा, गिट्टी र बालुवा उठाउन नपाएको कारण राजश्व संकलनमा कमी आएको उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा तीन पटक सूचना आह्वान गर्दा पनि टेण्डर नपरेपछि राजश्व गुम्ने खतराले प्रक्रियागत रुपमा उक्त सन्ध्या सन्देश निर्माण सेवालाई नै रु ३० लाखमा काली भतेरी र भुवनटार घाटबाट नदिजन्य पदार्थ ढुङगा,,गिट्टी र बालुवा उत्खनन् गर्न अनुमानि दिएको अध्यक्ष थापाले दावी गरेका छन् ।

नदिजन्य पदार्थ उत्खनन् बारे देवघाटस्थित स्वतन्त्र युवा समूहले देवघाट गाउँपालिकालाई ज्ञापन पत्र बुझाएपछि अध्यक्ष थापाले प्रेस विज्ञाप्ती सार्वजनिक गर्दै यस बारे स्पष्ट पारेका हुन् । स्थानीयको बिरोध रहि रहे आगामी आर्थिक वर्षमा पनि ढुङगा, गिट्टी र बालुवाको ठेक्का नलाग्ने निश्चित भएकोले सचेत हुन अध्यक्ष थापाले सबैमा आग्रह गरेका छन् । उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट टेण्डरमा लैजान वातावरण सिर्जना गर्न समेत आग्रह गरेका छन् ।

नदिजन्य पदार्थ उत्खनन्बाट संकलित राजश्व ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा बिकासका कामहरुमा लगानी गरिने गाउँपालिकाले प्रष्ट परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>