वागमती

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च २५ हजार र कोरोना पुष्टि भएकालाइ ५ हजार उपलब्ध गराउने

Banner

त्रिशूली, जेठ २० –

नुवाकोटको ककनी गाउँपालिकाले कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट सङ्क्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ ।

कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनसार समुदायमा कोरोना सङ्क्रमण फैलिसकेको पुष्टि भएको तर, शङ्कास्पद लक्षण भएका तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासिनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन सङ्क्रमित पुष्टि भएकालाई रु पाँच हजार दिने निर्णय गरिएको हो ।

उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने जनाइएको छ । गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षितरूपमा बढेसँगै रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>