नवलपुर

निषेधाज्ञाको मौका छोपी कावासोतीमा श्रृंखलावद्ध चोरी गर्दै हिँड्ने २ जना पक्राउ

Banner

नवलपुर, जेठ १९-

श्रृंखलावद्ध चोरीका घटनामा संलग्न २ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कावासोती १ निवासी वर्ष २७ का कृष्णबहादुर परियार र देवचुली १६ निवासी वर्ष ३९ का मोटे हरि भनिने हरिजन दर्जीलाई पक्राउपछि प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरुसँग सुन, चाँदी, टेलिभिजन, भाँडाकुडा, खाद्य सामग्री, मोबाइल सेट तथा चोरी गर्न प्रयोग गर्ने हतियारहरु समेत बरामद गरेको छ। घटनामा संलग्न एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

उनीहरुले वैशाख २३ गतेदेखि जेठ १५ गतेसम्ममा ५ वटा घरमा चोरी गरेको प्रहरीले जनाएको छ। विभिन्न मितिमा जिल्लाभित्रकै ५ वटा घरबाट करिब १३ लाख बराबरको धनमा चोरी भए पनि प्रहरीले भने ६ लाख रुपैयाँ बराबरको धनमालमात्र बरामद गरेको छ। घरमा कोही नभएको मौका छोपी चोरी गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। प्रहरी नायव उपरीक्षक गिरीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म घरमा रेकी गर्ने र राति १/२ बजेको समयमा चोरी गर्ने गरेको पाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>