लुम्बिनी
बाँकेमा कोरोना संक्रमणबाट थप ६ जना मृत्यु
बाँके,जेठ १७-
बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, दैलेख – १ जना, लमजुङ -१ जना, दाङ -१ जना र कैलालीकाे -१ जना रहेका छन् ।
यस्तै मृत्यु हुनिमा नारायण नगरपालिका-५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४:४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने मध्य नेपाल नगरपालिका-४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५:५० बजे मृत्यु भएको छ ।
यस्तै तुल्सीपुर उपमहानगरपालिका-७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५:१५ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै घोडाघोडी नगरपालिका-१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।


























