प्रदेश १

प्रहरी चौकीमा खुकुरी हानाहान,झडप रोक्न खोज्दा असई घाइते

Banner

विराटनगर,जेठ १३-

धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्को समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएका छन् ।’

७-८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>