देश/प्रदेश
आफन्तको मलामी गएका किशोर नदीमा नुहाउने क्रममा मृत्यु
०

धनगढी, जेठ १२ –
बैतडीमा मलामी गएका एक किशोरको नदीमा नुहाउने क्रममा मृत्यु भएको छ।
मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका शिवनाथ गाउँपालिका १ पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले बताएको हो । उनी आफन्तको मलामी गएका बेला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी बुधबार बिहान मृत फेला परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























