देश/प्रदेश
समाचारका विषयलाई लिएर पत्रकारलाई अदालत बोलाउनु गलतः महासंघ

काठमाडौँ, जेठ ११–
नेपाल पत्रकार महासंघले समाचार लेखेकै भरमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोमा आपत्ति जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीद्धारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा पत्रकारलाई अदालत बोलाउनु आपत्तिजनक रहेको उल्लेख छ ।
नेपाल पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ, त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो ।’
प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेट भएको भन्दै दुई अनलाइनहरुमा प्रकाशित समाचारका बारेमा विवाद भएको हो । सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई भेटघाटको समाचाबारे छलफल गर्न बोलाएको थियो ।
























