गण्डकी

कार्यकारी सम्पादक बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

Banner

दमौली, जेठ ११–

‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई अर्पण गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार ५५५ सहित सम्मानपत्र रहने छ ।

युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गर्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो ।

सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो । युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गर्नुभएको थियो । राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उहाँले काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष उहाँले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>