देश/प्रदेश
प्युठानमा आमासहित छोराछोरी मृतावस्थामा !
०

सागर शर्मा,
झिमरुक, जेठ ११–
प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् ।
प्युठान नगरपालिका–२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई फेला परेको हो ।
सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्केनुभएको उहाँका ससुरा गिरबहादुर सुनारले बताउनुभयो । उहाँले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिनुभयो । ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























