देश/प्रदेश
जङ्गली च्याउ खाँदा एकको मृत्यु
०
किमाथाङ्का,जेठ १०-
सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो ।
च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताउनुभयो । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उहाँकी आमा ७० वर्षीया राधिकासमेत बिरामी हुनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























