Breaking News

मध्यरातमा नारायणी नदीमा तियारी जालले माछा मार्ने २४ जना पक्राउ

Banner

चितवन, जेठ १०–

चितवनको नारायणी नदीमा प्रतिबन्धित तियारी जाल प्रयोग गरी अवैध रुपमा माछा मार्ने २४ जना पक्राउ परेका छन् ।

आज (सोमबार) विहान ३ बजेको समयमा भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा माछा मार्दै गरेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ क्वीन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

निकुञ्जले माछा ओसारपसार गर्ने एउटा बोलेरो जीप र २ वटा स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्धा दर्ता गरी कानुनी कारबाही गरिने बरालले जानकारी दिए ।

निकुञ्जसंग जोडिएका नदीहरुमा माछा मार्न प्रतिबन्ध लगाईएको छ । ती नदीहरुमा माछा मार्नका लागि बाटे समुदायहरुलाई सिमित मात्रमा लाइसेन्स दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>