देश/प्रदेश
कैलालीमा थप पाँच कोरोना सङ्क्रमितको मृत्यु
०
कैलाली, ९ जेठ –
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप पाँच कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष, कैलारी गाउँपालिका–९ का ४५ वर्षीय पुरुष गोदावरी नगरपालिका–१ का ५५ वर्षीय पुरुष र गोदावरी नगरपालिका–५ का ४७ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























