देश/प्रदेश

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

Banner

सुरुङ्गा , जेठ ८ –

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उहाँलाई सात वर्ष जेल हालेको थियो । विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उहाँलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्यद्रोहको मुद्दा लगाइएको थियोे ।

झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं ९रामबाबु०, कुलबहादुर ९केबी० गुरुङ, तुर्सा हेमरमका सहयात्री उहाँ गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आउनुभएको थियो । भूविक्रम नेम्वाङसँगै कांग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उहाँ सरिक व्यक्ति भएको बताइन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>